२०८० जेष्ठ १३ गते शनिवार | 2023 May 27th Saturday

भक्तपुरमा जेब्राको पक्षमा जनलहर दलका उम्मेदवारमा त्रास 

भक्तपुर । भक्तपुर क्षेत्र नम्वर १ १ मा स्वतन्त्र उम्मेदवारका रूपमा रहेका श्रीभक्त कासिछ्वाको पक्षमा जनलहर देखिएपछि दलका उम्मेदवारमा त्रास फैलिएको छ ।

स्वतन्त्र उम्मेदवारी दिएर जेब्रा चिन्ह पाएका कासिछ्वाको पक्षमा गाउँ गाउँबाट जनलहर आएको छ ।

दलका उम्मेदवारले पटक पटक विजय हासिल गरे पनि पहिचानको रूपमा रहेको नगरकोट सडक ठिक गर्न कुनै पहल गर्न नसकेको अवस्था जगजायर नै छ ।

उक्त सडकका कारण पनि दलहरू प्रति मतदाताको विश्वास हराएको मतदाताहरू बताउन थालेका छन् ।

विगत ९ वर्ष देखि निर्माणाधीन अवस्थामा रहेको सडक खण्ड तीनै तहको शासन सत्ता समालेर बसेको नेकपा एमालेले लछारपाटो लगाउन सकेको थिएन ।

अहिले तीनै तहको सरकार गुमाएको एमाले र सत्तामा रहेका अन्य दलहरूले पनि बाटो सम्पन्न गराउन सकेको अवस्था भने छैन ।

यसै बाट पनि उक्त क्षेत्रमा दलहरूको विश्वास उनीहरूले नै गुमाउन पुगेका छन् । लगातार विजयी हुँदै आएको नेमकिपाले पनि सदनमा कराउनु भन्दा बाहेक नगरकोट सडकमा केही गर्न नसकेको प्रदेश बासीको आरोप रहेको छ ।

दलहरू प्रति उनीहरूको विश्वास घट्दो रहेको अवस्थामा कासिछ्वाको पक्षमा भने टोल टोलबाट जनलहर छाएको छ ।

घर दैलोका क्रममा दलहरूको कारण आफूहरूले पाएको दुःखको गुनासो स्थानीयले गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस