२०८० जेष्ठ १४ गते आइतवार | 2023 May 28th Sunday

स्वतन्त्र उम्मेदवार राजु पुरीको समर्थन काँग्रेसका उम्मेदवार सुरेश श्रेष्ठलाई 

भक्तपुर । भक्तपुर क्षेत्र नम्वर १ (१) का स्वतन्त्र उम्मेदवार राजु पुरीले नेपाली काँग्रेसका उम्मेदवार सुरेश श्रेष्ठलाई समर्थन गर्ने भएका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका पुरीले लोकतन्त्रको रक्षाका लागि सुरेश श्रेष्ठलाई समर्थन गर्ने भएका हुन् ।

लोकतन्त्रको रक्षा केवल गठबन्धनका उम्मेदवारबाट मात्र सम्भव भएको भन्दै आफूले नेपाली काँग्रेसका उम्मेदवार सुरेश श्रेष्ठलाई समर्थन गरेको पुरीले बताउनुभयो ।

पुरीका अनुसार मैले केही माग लिएर चुनावी अभियानमा स्वतन्त्र रूपमा उभिएको थिएँ । मैले उठाएका मुद्दाको सम्बोधन नेपाली काँग्रेसका उम्मेदवार सुरेश श्रेष्ठले पुरा गर्ने देखेपछि आफूले उहाँलाई सघाउने भएको पुरीले बताउनुभयो ।

लामो समय देखि मैले विभिन्न माध्यमबाट मत माग्दै आएकोमा अबको हाम्रो यात्रा नेपाली काँग्रेसका रुख चिन्ह वाहक सुरेश श्रेष्ठसँग हुने भएकाले तपाईँहरूको सम्पूर्ण माग पुरा गर्न हामी साथ साथ नै रहेका छौँ भन्दै उहाँले सम्पूर्ण मतदातामा आव्हान गर्नुभएको छ ।

प्रदेश सभा सदस्य उम्मेदवारी दिँदै गर्दा स्वतन्त्र रूपमा साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावलाई अबको हाम्रो यात्रा नेपाली काँग्रेसको साथमा रहेको समेत जानकारी गराऊ आफूले चाहेको उहाँले बताउनुभयो ।

उहाँले सामाजिक संजालमा लेख्नु भएको छ

मेरो समर्थन सुरेश श्रेष्ठलाई ……………………………………………. “मेरो सपना त्यो बेला पुरा हुनेछ, जब यहाँहरूको समाज र राष्ट्र प्रतिको सकारात्मक इच्छा आकाङ्क्षा पुरा हुनेछ, तब मात्र मेरो सपना पूरा भएको मलाई लाग्नेछ । “दुवाकोट वडा नं ६ साबिक चाँगु नारायण न.पा. १ बेसी गाउँमा जन्मनु भएका श्री सुरेश श्रेष्ठले श्री पद्म माध्यमिक विद्यालय दरबार स्क्वायर भक्तपुर बाट २०५४ सालमा SLC उत्तीर्ण गर्नु भई भक्तपुर बहुमुखी क्याम्पसमा अध्ययन गर्नुभएका उहाँ कक्षा ८ देखि राजनीति क्षेत्रमा सक्रिय रूपमा लाग्नु भएको हो। अहिले ४२ वसन्त पार गर्नु भएका सुरेश श्रेष्ठको राजनीतिक क्षेत्रमा करिब २७ वर्षको योगदान रहेको छ। सानै देखि मिलनसार तथा सहयोगी स्वभाव भएका हुनाले उहाँलाई सबैले माया गर्छन् । मेरा आदरणीय दिदीबहिनी तथा दाजुभाइ, छरछिमेक, आफन्त र साथीहरूले उहाँलाई आ-आफ्नो अमूल्य भोट दिएर विशेष सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु । म राजु पुरिले आफ्नो स्वतन्त्र उम्मेदवारी आजको मितिबाट निष्क्रिय गरी नेपाली काँग्रेसका क्षेत्र न(१) प्रदेश भाका उम्मेदवार श्री सुरेश श्रेष्ठलाई समर्थन गरेको सबैलाई जानकारी गराउँछु !आगामी दिनमा मेरो व्यक्तिगत कुनै पनि रिस राग रहने छैन र मनदेखि सुरेश श्रेष्ठलाई जिताउन कटिबद्ध रहने पनि जानकारी गराउँछु । यश कार्यमा महत्त्वपूर्ण भूमिका निभाउनु भयका क्षेत्रीय सचिव श्री समुन्द्र थापालाई विशेष धन्यवाद व्यक्त गर्दछु ॥नमस्कार जय नेपाल स्वतन्त्र उम्मेदवार राजु पुरीको समर्थन काँग्रेसलाई

प्रकाशित मिति : २०७९ कार्तिक १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस