२०८० जेष्ठ १४ गते आइतवार | 2023 May 28th Sunday

भक्तपुर क्षेत्र नम्वर १ क मा एमालेलाई बागीकै चिन्ता,कासिछ्वाको पक्षमा जनलहर


भक्तपुर । भक्तपुर क्षेत्र नम्वर १ क मा नेकपा एमालेका उम्मेदवारलाई आफ्नै संगठित सदस्यको स्वतन्त्र उम्मेदवारले हैरानी खेलाएको छ ।
नेकपा एमालेका उम्मेदवारका विरुद्दमा स्वतन्त्र उम्मेदवारी दिएका श्रीभक्त कासिछ्वाका कारण नेकपा एमालेका उम्मेदवार मोहन विर श्रेष्ठलाई समस्या हुने भएको छ ।
नेकपा एमालेका संगठित सदस्य तथा चाँगुनारायण क्षेत्रमा प्रभावशाली नेताका रुपमा रहेका श्रीभक्त कासिछ्वा जेव्रा चिन्हका साथमा चुनावी मैदानमा होमिएका छन् ।
समाजिक संजाल मार्फत निकै आक्रामक तरिकाले चुनावी अभियानमा होमिएका कासिछ्वाका कारण अन्यलाई हैरानी भएको छ ।
उनको पक्षमा नेकपा एमालेका विभिन्न तह तप्काका नेता पनि सँगै भएका कारण पनि एमालेको पक्षमा यस प्रदेशमा निर्वाचन नजाने पक्का पक्की भएको छ ।
एक फेसवुक पोेष्टमा चाँगुनारायण नगरपालिकाका उप मेयर अर्थात नेकपा एमालेबाट विजयी उम्मेदवारले नै जेव्रा जेव्रा भन्दै गरेको पोष्ट आएपछि कासिछ्वाको पक्षमा निर्वाचित जनप्रतिनिधि समेत रहेको खुल्न आएको छ ।
यस प्रदेशमा नेपाली काँग्रेसबाट सुरेश श्रेष्ठ, राप्रपाबाट राजु कुँईकेल, नेपाल मजदुर किसान पार्टीबाट मिनवहादुर बाटा चुनावी भिडन्तमा रहेका छन् ।
चाँगुनारायण नगरपालिकाका ९ वडा र भक्तपुर नगरपालिकाको १० नम्वर वडा यस क्षेत्रमा पर्दछ ।

https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.facebook.com%2Fpermalink.php%3Fstory_fbid%3Dpfbid02c4R9LFhR493csTNKrphs369D2zPqaHZgj6bCJKqW4CFXqxcctSuengvCfUbrXopMl%26id%3D100004581075726&show_text=true&width=500

प्रकाशित मिति : २०७९ कार्तिक ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस