२०८० असोज ९ गते मङ्गलवार | 2023 September 26th Tuesday

भक्तपुर क्षेत्र नम्वर २ मा श्याम बस्नेतको उम्मेवारी महेश बस्नेतलाई धक्का


भक्तपुर । भक्तपुर क्षेत्र नम्वर २ मा नेकपा(एस)का जिल्ला अध्यक्ष श्याम बस्नेतले उम्मेदवारी दिने भएपछि महेस बस्नेतलाई धक्का पुग्ने भएको छ ।
अधिल्लो निर्वाचनमा नेकपा एमालेमा रहेका दुवै नेता तथा माओवादीको साथ पाएर विजयी भएको महेशलाई श्याम बस्नेत आफै मैदानमा आउने भएपछि ठूलो धक्का पुग्ने भएको छ ।
नेकपा एमालेमा नै रहँदा महेश बस्नेतलाई जिताउने दिलो ज्यान दिएर लागि परेका श्याम बस्नेत आफै मैदानमा उत्रने भएपछि महेश बस्नेत समूहको भने सात्तो गएको छ ।

नेकपा(एस)को सोमबार भक्तपुरमा बसेको जिल्ला कमिटि बैठकले भक्तपुर क्षेत्र नम्वर २ बाट श्याम बस्नेतको उम्मेदवारी दिने सर्व सम्मत निर्णय भएको जिल्ला कमिटिका प्रवत्ता दिनेश कार्कीले जानकारी दिए ।
महेश बस्नेतसँग नेकपा एसबाट श्याम बस्नेतले उम्मेदवारी दिने भएपछि महेश बस्नेतलाई ठूलो धक्का पर्ने देखिएको छ ।

प्रकाशित मिति : २०७९ भाद्र १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस