२०८० चैत्र १६ गते शुक्रवार | 2024 March 29th Friday

विर अस्पताल बन्न नदिदै नेपाल इन्जिनियरिङ कलेज


भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर १ र ४ मा विर अस्पताल बन्ने भने पनि यसको ठूलो भाँजोका रुपमा रहेको छ नेपाल इन्जिनियरिङ कलेज ।
नेपाल इन्जिनियरिङ कलेज कलेज ७ जना निजी लगानी कर्ताले स्थापना गरेको नेपालको पहिलो निजी इन्जिनियरिङ कलेज भएपनि विभिन्न विवादका कारण हाल संस्थापकहरुलाई बाइकट गर्दै सार्वजनिक जग्गा आफ्नो गराउन लागेका समूहका कारण विर अस्पताल अन्योलमा परेको हो ।
दुवाकोट र चाँगुमा गरी ५७० रोपनी क्षेत्रफलमा फैलने भनिएको विर अस्पताल बन्न ठूलो भाँजोका रुपमा इन्जिनियरिङ कलेज कव्जा गरी बसेका समूह नै रहेका छन् ।
कलेज स्थापना हुँदा डरलाग्दो भिर र झाडीको रुपमा रहेको र बालुका चोरहरुले खनेर बालुवा माटो चोरी गर्नु भन्दा कलेजलाई भोग चलन गर्न दिँदा सुरक्षित पनि रहने साथै दुवाकोट र चाँगुका बार्र्षिक १५ जना विद्यार्थीलाई इन्जिनियरिङ अध्यापन गराउने सर्तमा उक्त जमिन भोगचलनका लागि दिएको थियो ।
हाल उक्त जमिन न्यम्सको नाममा गई सकेपछि संस्थापकहरुले उक्त जमिनमा अस्पताल विस्तार नहुँदा सम्म भोग चलनका लागि दिन आग्रह गर्दै उक्त भोगचलन बापतको भाडा दिन सहमत भएको समते बताउँदै आएका छन् । कलेजका बनेका भवन पनि विर अस्पताललाई नै दिन संस्थापकहरु सहमत छन् ।
तर उता कलेज कव्जा गरेर बसेकाहरु भने विर अस्पताल नै ल्याउन नदिन कलेजको नाममा नै उक्त जमिन कायम होस भन्दै कलेज समाजिक भएको भन्दै आएका छन् । कलेज समाजिक नै हो भन्दै आएका समूहले २०६० सालमा सामाजिक संस्था दर्ता गरेको उक्त संस्थाले नै कलेज चलाउँदै आएको र सार्वजनिक जग्गा भोग चलन गरेका कारण यो सामाजिक कलेज नै हो भन्दै आएका छन् । तर २०६० सालमा स्थापना भएको सामाजिक संस्था हाल सम्म पनि नविकरण भएको छैन र उक्त संस्थाको नाममा नेकको कुनै पनि भौतिक वा अन्य सम्पत्ती हस्तान्तरण समेत भएको छैन । र पोखरा विश्व विद्यालयले निजी कलेजको नाममा दिएको अनुमती पत्र सामाजिक कलेजको रुपमा स्थानान्तरण गर्ने प्रावधान नै नभएको जनाएको छ ।
कलेज २०५१ साल देखि नै संचालनमा रहेको र कलेज संचालनका लागि निजी लगानीमा संचालनका लागि त्रिभुवन विश्व विद्यालयले अनुमती दिएको र पछि उक्त अनुमतिका आधारमा नै पोखरा विश्व विद्यालयले ७ जनाको नाममा सम्बन्धन दिएको थियो ।

प्रकाशित मिति : २०७९ साउन १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस