२०८१ बैशाख ४ गते मङ्गलवार | 2024 April 16th Tuesday

नेपाल इन्जिनियरिङ कलेजका संस्थापक बेगरको चार वर्ष संस्थापकलाई लगाएको आरोप अनुसारको रकम खै


भक्तपुर । नेपाल इन्जिनियरिङ कलेजका संस्थापकहरुलाले १ अर्व १९ करोड ४ वर्षमा हिना मिना गरेको भन्दै विभिन्न अदालतहरुमा मुद्दा चलि रहेको छ ।
उक्त मुद्दाका आधारमा नै हेर्ने हो भने हाल प्रिन्सिपल हरिकृष्ण श्रेष्ठले कलेज आफ्नो हातमा लिएर चलाएको पनि चार वर्ष नै भएको छ ।
चार वर्षमा १ अर्व भन्दा बढी भ्रष्टाचार गरेको आरोप लागी विभिन्न अदालत धाउँदै हिडेका नेकका अध्यक्ष लम्बोधर न्यौपाने र अन्य ४ जना हाल सम्म पनि मुद्दा खेपी नै रहेका छन् ।
चार वर्षमा न्यौपाने अध्यक्ष हुँदा पूर्व अध्यक्ष दिपक भट्टराइले कलेजको नाममा माछापुच्र्छे बैंकबाट लिएको १५ करोड लोन चुक्ता गरेको समेत देखिएको छ ।
उनी गएपछि कुनै पनि लोनमा नभएको कलेज नाफामा नै थियो र कलेजमा २२ सय विद्यार्थी नै भर्ना भएका पनि छन् वार्षिक रुपमा यस्तै न्यौपाने अध्यक्ष हुँदा नै लामो समय देखि कर्मचारी संचयकोषमा तिर्न बाँकी शिक्षक कर्मचारीको संचयकोष र नागरिक लगानी कोषमा बुझाउनुपर्ने ४ करोड पनि भुक्तानी भएको देखिएको थियो ।
यस्तै उक्त ४ वर्षमा नै २१ करोड कलेजको नाममा विभिन्न बैंकको खातामा रकम पनि देखिएको थियो । कलेजले स्थापना काल देखि नतिरेको कर बापतको रकम ४ करोड ३२ लाख दाखिला भएको समेत देखिएको छ यस्तै अधिल्ला कार्यकालका अध्यक्ष दिपक भट्टारईले कलेज घाटामा गएको भन्दै विभिन्न व्यक्ति कलेजका प्राध्यापक आदि सँग लिएको ५ करोड लोन पनि उनैको पालामा चुक्ता भएको देखिएको छ । भुकम्प पछि नयाँ भवन र नयाँ ल्यावहरु पनि निर्माण न्यौपानेको नै पालामा भएको देखिएको छ ।
उनले सबै तलव भक्ता पठन पाठनमा हुने खर्च कटाएर घाटामा रहेको कलेजको विभिन्न बैंकको खातामा २१ करोड जम्मा गरी १ अर्व १९ करोड घोटाला गरेको भनी हाल प्रिन्सिपल रहेका हरिकृष्ण श्रेष्ठ लगाएतका टिमले संस्थापकहरुलाई विभिन्न अदालतमा मुद्दा दर्ता गरेको अवस्था छ ।
उनीहरुको विरुद्दमा काठमाडौं जिल्ला अदालत, भक्तपुर जिल्ला अदालत, उच्च अदालत पाटन, विशेष अदालत र सर्वोच्च अदालतमा मुद्दा छन्। सर्वोच्च मा पाँच, काठमाडौं जिल्ला अदालतमा ६, उच्च अदालत पाटनमा दुई तथा भक्तपुर जिल्ला अदालत र विशेष अदालतमा एक–एक एउटा मुद्दा चलिरहेका छन्।
चार वर्षको अवधिमा कलेजका संस्थापकहरु मध्य रामरत्न उपाध्याय, उपेन्द्र गौतम, लवराज भट्टराई, स्व.सूर्यबहादुर केसी , लम्बोदर न्यौपानेले कलेजको रकम हिनामिना गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरिएको छ ।
उनीहरुले कलेज संचालन गर्दा चार वर्षमा कलेजको आम्दानी १ अर्व ७१ करोड बाउन्न लाख भएको र खर्च गरेर बाँकी रहेको रक भ्रष्टाचार गरेको आरोप हाल कलेज संचालन गर्ने समूहले आरोप लगाउँदै आएका छन् ।
अव कुरा उठ्छ उक्त रकम हाल खै त
चार वर्ष नै लम्बोधर न्यौपानेले कलेज चलाउँदा भएको आम्दानी र खर्च हेर्दा अहिले पनि उक्त कलेजले उक्त समयको भन्दा बढि आम्दानी गर्नु पर्ने देखिन्छ ।
कलेजको आम्दानी भन्दा पनि धेरै रकम देखाउँदै संस्थापक लगानी कर्ताहरुलाई पन्छाउँदै आफै कलेज संचालन गर्न लागि पर्ने पक्षले हाल कलेजमा चार वर्ष नै राज गरी सकेका छन् ।
चार वर्षको अवधिमा कलेज कहिले हरिकृष्ण ग्रुपले त कहिले चाँगुनारायण नगरपालिका प्रमुखको प्रत्यक्ष निगरानीमा चलेको देखिएको छ ।
हाल कलेजको आम्दानी खर्चको विषयमा अडिट गर्दै आएका अडिटर समेत भागेको भन्ने सुनिन आएको छ ।
कलेजले पछिल्लो चार वर्षमा १ अर्व ९२ करोड ५२ लाख आम्दानी गर्नु पर्ने देखिन्छ ।
अव प्रश्न उठ्छ नयाँ जनप्रतिनिधिका समक्ष के यो चार वर्षमा उक्त रकम बराबरको आम्दानी भएको छ । र रकम कहाँ छ । उक्त बराबरको रकम छैन भने अहिलेका संचालक विरुद्दपनि पहिला संचालकहरुलाई लगाए जस्तै मुद्दा हालका जनप्रतिनिधिले लगाउन सक्छन् ।
कलेजले मुद्दाको कारण देखाउँदै विद्यार्थीहरुसँग नगद नै भुक्तानी लिन सूचना समेत जारी गरेको अवस्था छ । कलेजमा विगत चार वर्षमा तलव भक्ता र कर्मचारी संचयकोष अनी कर बाहेक अन्य कुनै पनि क्षेत्रमा खर्च हुनु पर्ने अवस्था नै छैन ।
अव नव निर्वाचित जनप्रतिनिधिहरुलाई कलेजको सम्बन्धमा नैतिक संकट आई परेको छ ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस