२०८० चैत्र १५ गते बिहिवार | 2024 March 28th Thursday

आर्थिक चलखेलले सेवाग्राहीलाई अपाहेक स्थानमा सर्दै यातायाता व्यवस्था कार्यालय


भक्तपुर । अरनिको राजमार्गको खुल्ला स्थानमा नै स्थान अभावका कारण भिड हुने यातायात व्यवस्था कार्यालय जगातीबाट राधेराधेको जहिले जाम हुने साँधुरो गल्लीमा सर्ने भएको छ ।
जगातीको खुल्ला क्षेत्र तथा दुई तर्फ बाटो अनी पर्याप्त पाकिङ भएको स्थानमा समेत ठाउँ अपुग भएको यातायात कार्यालय राधेराधेको माईक्रो बस पार्क पछाडी भुकम्पले धक्का पुगेको पुराने घरको साँधुरो गल्लीमा सर्न लागेको हो ।
साँधुरो गल्ली पुरानो घर अनी सेवा ग्राहिका लागि अपाएक स्थानमा कार्यालय सर्नुमा यातायात व्यवस्था कार्यालयका हाकिमको आर्थिक चलखेल नै भएको खुल्न आएको छ ।
पुरोनो घर अनी मापदण्ड समेत नपुग्ने स्थानमा कार्यालय सार्द उनले ठूलै आर्थिक चलखेल गरेको खुल्न आएको छ ।
घरबेटी सँग पनि तीन महिनाको भाडा आफैले पाउनु पर्ने सर्त सहित कार्यालय राधे राधे सर्न लागेको एक कर्मचारीले बताए । उनका अनुसार जगातीमा भएको कार्यालय भवनका घरबेटीले एक महिनाको पनि पैसा हाकिमलाई नजराना बुझाउन मानेनन अनी वरपरका पसलेहरु सँग हाकिमले पसलै पिच्छे ५० हजार मागेका थिए जुन कसैले पनि दिन नमानेपछि सार्वजनिक खरिद ऐन नै मिचेर एकलौटी हिसावले प्रमुखले कार्यालय मापदण्ड नै नपुग्ने स्थानमा सार्न लागेका हुन् ।
मासिक तीन लाख घर भाडामा सर्न लागेको समेत जनाउँदै उनी भन्छन् जगातीमा समेत नपर्ने भाडा दरमा उक्त स्थानमा कार्यालय सर्न लागेको छ जुन एक लाख पनि नजाने घर हो । एक लाख भाडा पनि नपर्ने गल्लीको घरमा मासिक तीन लाख भाडा तिर्ने सर्तमा कार्यालय सर्दा घरबेटिले भने तीन महिनाको भाडा हाकिमलाई र प्रत्यक महिना एक लाख बुझाउने सर्तमा सर्न लागेको हल्ला कार्यालयमा चलेको समेत उनले बताए ।
नाम बताए जागिर जाने भन्दै उनी भन्छन स्वास्थ्य जाँचका लागि पनि प्रत्यक वर्ष टेण्डर गरी गरिन्थ्यो पहिला ४० रुपैंयामा स्वास्थ्य परिक्षण गरिँदै आएकोमा हाल ६० रुपैंयामा आधा आफूले पाउने गरी हाकिमले एकलौटी रुपमा अर्को मानिसलाई स्वास्थ्य जाँचका लागि ठेक्का दिएको समेत खुल्न आएको छ । ४० रुपैंयाँमा नै जाँच गर्ने छँदै थिए किन ६० मा दिए त कुनै सूचना बेगर भन्दा हाकिम र उनी आसोपासेले प्रति व्यक्ति स्वास्थ्य जाँच गरेबापतको ३० रुपैँया कमिसन आफूले पाउने भएपछि रातारात स्वास्थ्या परिक्षणको ठेक्का समेत आफ्नो व्यक्तिलाई दिएको उनीले बताए ।
स्वास्थ्य परिक्षण लगाएत घर भाडामा दिँदा पनि अपाएक पर्ने स्थानमा सस्तो भाडा भएको ठाउँमा महँगोमा लिन अनकण्टार जानुले यातायातमा सेवा लिन आउने सेवाग्राहीलाई ठूलो मर्का पर्ने देखिएको छ ।
पहिला नै जाम हुने राधेराधेमा यातायात कार्यालय पनि सर्ने हो भने झन जाम हुने छ । साँधुरो गल्लीमा पाकिङ नै नभएको स्थानमा यातायात कार्यालय सर्दा सेवाग्राही मर्कामा पर्ने त छँदै छन यातायातमा सेवा लिन जाने हरुले पनि ठूलो सास्ती बेहोर्नु पर्ने देखिएको छ ।
सेवा लिनका लागि लाईन बस्ने स्थान समेत नभएको साँधुरो बाटोमा यातायात कार्यालय सर्दा हाकिम र उनी निकटलाई त नाफा नै हुने देखिन्छ तर सेवा ग्राहीले पनि समस्या नै भोग्नु पर्ने अवस्था आएको छ ।

प्रकाशित मिति : २०७९ असार २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस