२०८० जेष्ठ १४ गते आइतवार | 2023 May 28th Sunday

चाँगुनारायण नगरपालिकाका कानूनी सल्लाहकार बाट कानुनको उलंगन कानून व्यवसायी परिषद के हेर्देछ


भक्तपुर । कहि नभएको जात्रा भक्तपुरको चाँगुनारायण नगरपलिकामा भएको छ ।
नगरपालिकाले तोकेको कानूनी सल्लाहकार नगरपालिकाको तलव भत्ता खाने अनी नगरपालिकाको नै विरोधमा पार्टीको झण्डा बोकेर वडा अध्यक्षको विरुद्दमा मुद्दा दायर गर्दे हिडेका छन् ।
कानून व्यवसायी परिषदले पनि कुनै पनि निकायमा आफू कार्यरत रहेको अवस्थामा उक्त कार्यरत संस्थाबाट राजीनामा नदिई उसको अहित हुने गरी उसैको विरुद्दमा लाग्न नपाईने छ । त्यो माथी सरकारी निकायमा रहेर यो गर्न पाइँदैन ।
तथापी चाँगुनारायण नगरपालिकाका कानूनी सल्लाहकार शम्भु प्रसाद दाहलले भने नगरपालिकाको तलव भक्ता खाने अनी पार्टीको तर्फबाट नगरपालिकामा नै वडा अध्यक्ष विजयी भएका उम्मेदवारका विरुद्दमा मुद्दा दर्ता गरेका छन् ।
नगरपालिकाको सल्लाहकार हुने,नगरपालिकाको भक्ता तलव खाने, त्यै वडाको वडा अध्यक्ष बिरुद्द पार्टीका तर्फबाट मुद्दा हर्ने काम दाहलबाट भएको हो ।
कानून सल्लाहकारका रुपमा कार्यरत अधिबक्ता शम्भुप्रसाद दाहालले हालै निर्वाचन भई निर्वाचित वडा न १ का वडा अध्यक्ष सिजन कार्की बिरुद्द पुन मतगणन गरि पाउँ भनि उच्च अदालत पाटनमा एमालेका पराजित वडा अध्यक्षका उम्मेदवार्र ईश्वर थापाले हालेका ०७८ pj ०१७७ को उजुरी निवेदनमा नगरपालिकाको वडा अध्यक्ष बिरुद्द बसह पैरवी गर्ने,वडा अध्यक्षका बिरुद्द प्रमाण खडा गर्ने कार्य गरेको पाईएको छ । कानूनी सल्लाहाकार रहेका दाहल आफै निर्वाचनमा एमालेको पार्टी प्रतिनिधिका रुपमा खटिएका थिए र उनी पनि नगर प्रमुखको दावेदार समेत रहेका थिए । निर्वाचनको अन्तिम परिणामलाई पनि उनीले स्वीकार्ने,तर वडा अध्यक्ष बिरुद्दको बहस पैरवीमा पनि सहभागि हुने कही नभएको जात्रा हाडीगाँउमा भने जस्तो एेन नियम निति नैतिक मूल्यको हृास भएको आभाष पूर्ण कार्य दाहलबाट हुँदै आएको छ ।
कानून ब्यबसायी परिषद जस्ले कानून ब्यबसायीले आचारसंहिता उलंघनका बिषयमा छानबिन गरी हेर्ने अधिकार छ,त्यो निकाय त्यसै चुप लागेको देखिएको छ ।

प्रकाशित मिति : २०७९ असार १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस