२०८० जेष्ठ १४ गते आइतवार | 2023 May 28th Sunday

जनताको वडा अध्यक्ष बन्न मेरो उम्मेदवारी जनक खत्री

भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्वर ८ सुडालमा हाल उम्मेदवारी दिएका दलका नेताहरु मध्य कान्छो उम्मेदवारका रुपमा जनक खत्री रहेका छन् ।
सानो उमेर देखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका नेता खत्री सुडालमा सबैले चिनेको अनुहार हो ।
सानो उमेर देखि नै सक्रिय राजनीतिमा लागेका खत्री हाल नेपाली काँग्रेसका तर्फबाट सुडालमा वडा अध्यक्षका उम्मेदवार रहेका छन् ।
उनी भन्छन म दलको उम्मेदवार हो तर म सबैको साझा उम्मेदवारका रुपमा काम गर्न तत्पर छु ।
वडामा हिजोका दिनमा के भए भन्ने विषयलाई उत्थान गर्नु भन्दा पनि भोलीका दिनमा के गर्न सकिन्छ र मिलेर के गर्ने हो भन्ने लक्ष्यका साथ सबैलाई मिलेर वडा बनाउन उनले आग्रह गर्दै आएका छन् ।
खत्री भन्छन् हामी सबै मिलेको खण्डमा हाम्रो वडा बन्छ । म सबैलाई समेटेर हाम्रो वडालाई चाँगुनारायण नगरपालिकाको सबै भन्दा उत्कृष्ठ वडा बनाउन लागि पर्ने छु ।
हिजोका दिनमा सुडाल भनेपछि जो कोहीले पनि नाक खुम्चाउने समय थियो आज सुडाल हिजोको भन्दा फरक भएको छ । यसलाई अझ समृद्द बनाउँदै कसरी हातमा हात मिलाएर विकास तर्फ लैजान सकिन्छ भनी आफूले यसको विकासका लागि उम्मेदवारी दिएको उनी बताउँछन् ।
मेरो लक्ष्य भनेको नै सुडालको विकास हो । गोसपुल देखि कलमसी सम्म सम्म भुगोल देखि नगरकोटको टुप्पो सम्मको भुगोललाई समेटेर कसरी नयाँ पन दिन सकिन्छ ।
शिक्षा स्वास्थय खानेपानी बढदो सहरीकरणलाई कसरी व्यवस्थित गर्ने तथा ढल निकास आदीको प्रवन्धका लागि नयाँ गुरुयोजना बनाउनुका साथै । स्वच्छ सफ एवं आत्मनिर्भर वडा बनाउने आफ्नो लक्ष्य रहेको उनी सुनाउँछन् ।
भक्तपुरको नै पुरानो दुई सहर गोथली र ङावुको विषयमा उत्खनन गर्ने सुडालका विभिन्न भेगमा रहेका अष्टमात्रिकाको संरक्षण तथा लोप भएका जात्रा एवं परम्परा पुन थालनी गराउनु आफ्नो अर्को लक्ष्य भएको उनी बताउँछन् ।
सुडाल हुँदै नगरकोट सम्म जाने पदमार्गको पुन व्यवस्थित गराई आन्तरिक तथा वाह्य पर्यटक भित्राउनुका साथै सुडालमा बन्ने खुवा, बैमौसमी आलु लगाएत विभिन्न बस्तुलाई ब्राण्डको रुपमा विकास गर्ने तथा पशुपालन तरकारी खेती तथा आधुनिक खेती प्रणालिलाई जोड दिदै स्थानीयको आर्थिक स्तर उकास्ने काममा नै आफ्नो पाँच वर्ष बेथित गर्ने प्रतिवद्दता उनले गरेका छन् ।
उनले सम्पूर्ण सुडालबासीलाई मेरो सुडाल भन्ने भान गराउन आफू तत्परताका साथ लागि पर्ने बताउँदै आफूलाई विजयी गराउन अपिल समेत गरेका छन् ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस