२०८१ बैशाख ४ गते मङ्गलवार | 2024 April 16th Tuesday

कांग्रेसको आव्हानः भष्ट्रचारीलाई कारवाही, गठबन्धनलाई भोट

भक्तपुर । नेपाली कांग्रेसले चुनाव मार्फत भष्ट्रचारीहरुलाई कारवाही गर्न र गठनन्धनका उम्मेवारलाई विजयी बनाउन आव्हान गरेका छन्।
सूर्यविनायक नगरपालिका, नगर स्तरिय चुनावी सभालाई सम्बोधन गर्दे नेपाली कांग्रेसका भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले चुनाव मार्फत एमालेका भष्ट्रचारीलाई कारवाही गर्नुपर्ने बताउनुभयो।
‘उपभोत्ता समितिको नाममा एमालेका नेताहरुले बह्मलुट गरेका छन्’ थापाले भन्नुभयो ‘वैशाख ३० गते हुने चुनाव भष्ट्रचारीलाई कारवाही गर्ने अवसर हो, मतदाताहरुले यो अवसरलाई उपयोग गर्नुहुनेछ।’
‘विकासका नाममा लुट मच्चाउने भष्ट्रचारीहरुलाई हामीले चिनेका छौं’ थापाले भन्नुभयो‘ भष्ट्रचारीहरु देश लुटेको पैसाले चुनाव जित्ने कुरा गर्देछन्, हामीले उनीहरुलाई चिनेका छौं, त्यस्ता भष्ट्रचारीहरुलाई परास्त गर्न हामी सक्षम छौं।’
थापाले गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह गर्नुभयो।नेपाली कांग्रेसका नेता, कार्यकर्तालाई भष्ट्रचारीको पछाडी नलाग्न सुझाव दिदैं थापाले भन्नुभयो‘अरु दलबाट आफना भाई भतिजा उम्मेदवार छन्,तिनैलाई भोट दिआंैं भन्ने नसोचौं । त्यस्तो भयो भने गठबन्धका उम्मेदवार पराजित हुन्छन,एमालेका भष्ट्रचारीले चुनाव जित्न बेर लाग्दैन, पाँच वर्षसम्म पछ्ताउँनुपर्ने हुन्छ।’थापाले भन्नुभयो‘ भाई भतिजालाई माया गर्न ३६५ दिन छदैंछन्, चु्नावका दिन कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारालई भोट हालौं, भाई भतिजा भोट हालेर पछुताउँनेमात्र काम नगरौं।’
कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगर समितिका सभापति एवं सूर्र्यविनायक नगरपालिकाको नगर प्रमुख उम्मेदवार निशान ढुंगेलले आफु बिजयी भएको अवस्थामा कसै प्रति आग्रह, पूर्वाग्रह राखेर काम नगर्ने बताउनुभयो । ‘हामी जनतामाथी शासन गर्न आइरहेका छैनौं,जनताको सेवक बनेर काम गर्ने छौं’ ढुंगेलले भन्नुभयो‘ म जनताको बीचमा रहने छु, मतदाताको बीचमा रहने छु।’
‘राजमार्गमाथी झोलुङ्गे पुल हालेर विकास गरेको धक्कु लगाउनेहरुलाई चेतावनी दिदैं ढुंगेलले भन्नुभयो‘ क्राकाबारीमा जाने बाटो बनाएर देखाउन चेतावनी दिदैं ढुंगेलले भन्नुभयो ‘हामी त्यस्तो विकास गर्देनौं ।’
मतदातालाई ऋणमा मत दिन आग्रह गर्दे ढुंगेलले भन्नुभयो ‘तपाईहरुको ऋण सेवा गरेर ब्याज सहीत चुत्ता गर्ने छु।’
सभामा बोल्दै नेकपा(एकिकृत समाजवादी)का जिल्ला अध्यक्ष एवं सूर्यविनायक नगरपालिकाको उपमेयर पदका उम्मेदवार श्यामसुन्दर बस्नेतले विगतमा आफू एमालेमा रहदा जनता माझ विकासका सपना बाडेको चर्चा गर्दे भन्नुभयो‘हामीले धेरै आश्वासन बाँडेका थियौं, तर त्यो सबै नारामा सिमित भयो। साथीहरु भष्ट्रचारमा लाग्नुभयो।’ बस्नेतले जनताको आवश्यकता र अपेक्षाका आधारमा काम गर्ने बताउनुभयो।‘ हामीले मतदाता सामु, प्रतिवद्धता पत्र ल्याएका छौं, त्यही आधारमा काम गर्छों।
नेपाली काग्रेसका नेता सुरेन्द्र केसीले गठबन्धन समयको आवश्यकता भएको चर्चा गर्दे एमालेको अधिनायकवाद विरुद्ध,एमालेको संस्थागत भष्ट्राचारको विरुद्धमा मतदान गर्न आवहन गर्नुभयो।‘लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको हो गठबन्धनलाई यही अर्थमा लिऔं’ केसीले भन्नुभयो‘अहिलेको गठबन्धन लोकतन्त्रको रक्षाका लागि हो, नेपाली काग्रेसले तानाशाहीको विरुद्धमा बेलाबेलमा गठबन्धन गरेर त्यसको नेतृत्व गर्दे आएको छ, अहिले पनि एमालेको अधिनायवादीको विरुद्ध हो।’
नेपाली काग्रेसका केन्द्रीय सदस्य रमा पौडेलले गठबन्धनका उम्मेदवारहरुलाई विजयी बनाउन आव्हान गर्नुभयो।
नेकपा (एकिकृत समाजवादी)का स्थायी कमिटी सदस्य एंव बागमति प्रदेश इन्चार्ज सावित्रा भूसालले एमालेको अधिनायवादी शासनको विरुद्ध चुनावी गठनबन्धन गर्न परेको चर्चा गर्नुभयो। भूसालले भन्नुभयो‘ यो चुनावबाट एमालेका भष्ट्रचारी र अधिनायकवादीलाई परास्त गरौं, गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔं।’

प्रकाशित मिति : २०७९ बैशाख २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस