सूर्यविनायकमा गठबन्धनको वृहत चुनावी सभाः पानी झरीबीच उत्साहजनक सहभागिता

भक्तपुर । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले सूर्यविनायक नगरपालिकामा नगर स्तरीय वृहत चुनावी सभा आयोजना गरेको छ ।
वैशाख ३० गते हुन गइरहेको स्थानिय चुनावालाई ध्यानमा राखेर आयोजना गरिएको सभामा ठूलो संख्यामा मतदाताहरु बसहभागिता बनेका थिए ।
शनिबार अपराह्न आमसभा आयोजना हुने समयमा पानी परेर केही ब्यवधान परेको भएपनि ठूलो जनसमुदाय घरका पेटी, पसल, र चौतारा मुनि ओत लागेर भएपनि नेता, उम्मेदबारहरुको सम्बोधन सुनिरहेको देखिन्थ्यो ।
मौसम प्रतिकूलताकै कारण चुनावी सभामा प्रमुख अतिथिको रुपमा सहभागि हुने निश्चित गरिएका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा सहभागि हुन सक्नुभएन । शर्माले, भौतिक रुपमा सहभागि हुन नसकेपनि मन सूर्यविनायका मतदातको साथमा रहेको उल्लेख गर्दे सन्देश पठाउनु भएको थियो ।
चुनावी सभामा भाग लिन सूर्यविनायका नगरका १० वटा वडाबाट उम्मेदबारहरु सहीतका जुलुक चक्रपाणी चोकमा आएको थियो । चुनावी सभामा नगर प्रमुख पदका उम्मेदवार नेपाली काग्रेसका निशान ढुंगेल, नगर उपप्रमुखका उम्मेदवार नेकपा(एकिकृत समाजवादी) श्यामसुन्दर बस्नेत, १० वटै वडाका वडा अध्यक्ष सहीत महिला, महिला दलित तथा वडा सदस्यहरुलाई टिका, माला र खाँदा लगाएर स्वागत गरिएको थियो।
चुनावीसभामा नेपाली काग्रेस, भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा,
काग्रेस केन्द्रीय सदस्य रमा पौडेल, नेकपा(एकिकृत समाजवादी) का स्यायी कमिटी सदस्य एवं बागमति प्रदेश इन्चार्ज सावित्रा भुसाल, नेपाली काग्रेसका नेता सुरेन्द केसी,काग्रेस जिल्ला सदस्य भेष बहादुर कार्की, सूर्यविनायक नगर पालिकाको नगरप्रमुख पदका उम्मेदवार निशान ढुंगेल, उपप्रमुख पदका उम्मेदवार एकिकृत समाजवादीका श्यामसुन्दर बस्नेत, सूर्यविनायक नगरपालिका चुनाव परिचालन समितिका सह संयोजक श्रीकृष्ण बासु लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रमको सभापतित्व, नेपाली कांग्रेस सूर्यविनायक नगरपालिका निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांंग्रेस महाधिवेशन प्रतिनिधि विष्णुराज कार्की गर्नुभएको थियो । कार्यक्रम संचालन काग्रेस सूर्यविनायक नगर समिति सचिव विश्वराम थापा तथा स्वागत भाषण निर्वाचनमा प्रहरी प्रशासन व्यवस्थापन संयोजक कविन्द मिश्रले गर्नुभएको थियो ।