२०८० जेष्ठ १४ गते आइतवार | 2023 May 28th Sunday

लिसंखु पाखर गाँउपालिकामा नेकपा (एकीकृत समाजवादी) बाट अध्यक्षमा शाक्य र उपाध्यक्षमा लामा

सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी)ले लिसंखु पाखर गाउँपालिकामा स्थानीय तहको निर्वाचनका लागि सर्वसम्मत रुपमा अध्यक्ष र उपाध्यक्षको उम्मेदवार सिफारिस गरेको छ ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम् जिल्ला सह-ईन्चार्ज तथा राष्ट्रिय सभा सदस्य सिंग बहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा बसेको लिसंखुपाखर गाउँपालिका कमीटीको दोस्रो पुर्ण बैठकले पालिका अध्यक्षमा शम्सेर शक्य र उपाध्यक्षमा अनिता लामालाई सर्वसम्मत सिफारिस गरेको हो ।

अध्यक्षका उम्मेदवार शाक्य नेकपा एसको बागमती प्रदेश कमिटी सदस्य हुन् भने उपाध्यक्षका उम्मेदवार लामा पार्टी जिल्ला कमिटी उपसचिब हुन् ।

बैठकले बागमती प्रदेश कमिटी सदस्य चेलकुमार योञ्जनको संयोजकत्वमा ९५ सदस्य पालिका स्तरिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । वडा तहको उम्मेदवार आज बस्ने वडा कमिटीको बैठकले सिफारिस गर्नेछ ।

सिन्धुपाल्चोक जिल्लामा लिसंखु पाखर गाउँपालिका सर्वसम्मत उम्मेदवार सिफारिस गर्नेमा नेकपा एसको पहिलो पालिका बनेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस