२०८० असोज ११ गते बिहिवार | 2023 September 28th Thursday

छैठौ भक्तपुर व्यापार मेला उद्घाटन गर्न मन्त्री आले आउदै

भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको संयुक्त आयोजनामाआगामी २४ चैतदेखि सुरु हुने छैठाै‌ भक्तपुर औद्योगिक, सांस्कृतिक पर्यटन व्यापार मेलाको उद्घाटन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मंत्री प्रेम आले आउने भएका छन् ।

भक्तपुरको औद्योगिक, सांस्कृतिक एवं पर्यटकीय प्रवद्र्धनका लागि सल्लाघारी स्थित तीनकुनेमा मेला आयोजना गर्न लागिएको हो मेला आयोजक समितिका संयाेजक दीपक थापाले बताए । यसअघि ५ पटक यस्तो मेला आयोजना भएकोमा  दुईवर्षयता भने कोभिड महामारीका कारण आयोजना हुन पाएको थिएन । कोभिड महामारी कम भएपछि यो वर्ष भने भव्य रुपमा मेला आयोजना गर्ने तयारी गरेको मेला आयोजक आयोजक समितिका संयाेजक थापाले बताए । नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको उक्त मेला ४ वैशाखसम्म चल्नेछ ।

सो मेला आयोजना हुन लागेको हो । सो मेलामा दैनिक उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ताचप्पल, कृषि तथा हस्तकलाका सामाग्रीको प्रदर्शनीमा राखिने छ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, ग्रामीण प्रविधि, अटोमोबाइल्स, विद्युतीय कृषि औजारको प्रदर्शनी समेत हुनेछ ।

मेलामा करिब २ सय वटा स्टल आयोजकले जनाएको छ । मेलाका लागि स्टल राख्न चाहनेले स्टलको साइजअनुसार ६ देखि १९ हजार ५ सय रुपैयाँसम्म तिरेर स्टल बुकिङ गर्न सक्नेछन् । अधिकांश स्टलहरु बुकिङ भइसकेको मेला आयोजक समितिका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

मेलामा सहभागी हुन ५० रुपैयाँ शुल्क लाग्नेछ । विद्यार्थीका लागि भने टिकटमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ । मेलामा बिक्री तथा बुकिङ गरिने सामानमा २० देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

उक्त मेलामा ३ लाखभन्दा धेरै अवलोकनकर्ताको सहभागिता रहने र ८ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्ने लक्ष्य आयोजको रहेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस