खाना पकाउने ग्यास पड्किएर ३ जना बालबालिकाको मृत्यु

बाह्रबिसे । बाह्रबिसे नगरपालिका–८ मानेश्वाँरामा हिजाे बेलुकी ७ बजेकाे समयमा खाना पकाउने क्रममा ग्याँस पड्केर आगलागी हुदाँ तीन बालबालिकाको निधन भएको छ । बाह्रबिसे नगरपालिका–८ का वडाअध्यक्ष सुरज तामाङले लामाटोलका मीनबहादुर तामाङको घरमा ग्याँस पडकेर आगलागी हुदाँ बालबालिकाको मृत्यु भएको बताउनु भयो ।
जलेर मीनबहादुरका १० बर्षका छोरा इशाक तामाङ, भाई कुमार तामाङको ५ बर्षीय छोरा सरगम तामाङ र पदम तामाङकी २ बर्षीया छोरी दिब्या तामाङ घरभित्रै जलेर निधन भएको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले घाइते मीनबहादुरलाई उपचारका लागि राजधानी लगिएको बताउनु भयो ।
सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो निभाउने काम भएको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार