स्थानीय तहको निर्वाचन वैशाख ३० गते

सरकारले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले स्थानीय निर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ ।
निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । यसअघि सरकारले जेठमा चुनाव गर्ने तयारी गरे पनि निर्वाचन आयोगले आफूहरू वैशाखमै चुनाव गर्न सक्षम रहेको बताएपछि सरकारले वैशाखमै स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको हो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिदै छ ।
प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार