२०८० जेष्ठ १४ गते आइतवार | 2023 May 28th Sunday

तिमी जहाँ जहाँ बोलको गीत सार्वजनिक

अनिल फोजु भक्तपुर । तिमी जहाँ जहाँ बोलको गीत सार्वजनिक भएको छ । भक्तपुरको नवगायिका मतिना अवाल र गायक बसिस्थ ठकुरीको स्वर रहेको सो गीत सार्वजनिक भएको हो ।

गीतमा सुरज र शेखरले संगीत दिएका छन् । कलाकार बसिस्थ ठकुरी र सगुन शाहीको अभिनय रहेको छ । मुकेश हुमागाँईको छायांकन रहेको गीतमा सम्पादन मीन रावलले गरेका छन् ।

गीतको निर्देशन बविता बस्नेतले गरेका छन् । सुर समेक स्टुडियो युटुब च्यानलमा सो गीत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस