२०८० जेष्ठ १४ गते आइतवार | 2023 May 28th Sunday

भक्तपुर जिल्ला लिग फुटबलः आज सेमिफाइनल

भक्तपुरमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज हुने भएको छ। मध्यपुर युथ एशोसियसनको मैदानमा जारी भक्तपुर जिल्ला लिगको सेमिफाइनलका खेलहरु आज हुने भएका हुन्।

लोकन्थली एफसी, भक्तपुर युनाईटेड एफसी, थिमि युथ क्लव र विश्व विनायक युथ क्लब सेमिफाइनलमा पुगेका थिए।

सहभागी क्लबलाई दुई समूहमा विभाजन गरी खेलाइएको लिगमा समूह ए बाट लोकन्थली एफसी र भक्तपुर युनाईटेड एफसी तथा समूह बी बाट थिमि युथ क्लव र विश्वविनायक युथ क्लवले सेमिफाइनलमा स्थान बनाएका हुन।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेल दिउँसो ११ बजे लोकन्थली एफसी र विश्व विनायक युथ क्लवबीच हुनेछ। त्यस्तै दिउँसो ३ बजे भक्तपुर युनाइटेडले थिमि युथसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको फाइनल खेल मंगलबार हुने भक्तपुर जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष एवम् प्रतियोगिता संयोजक अनिल हेकाले जानकारी दिए।

प्रकाशित मिति : २०७८ माघ २ गते आइतवार
प्रतिक्रिया दिनुहोस