२०८० चैत्र १५ गते बिहिवार | 2024 March 28th Thursday

अखिल नेपाल महिला संघ (समाजवादी) भक्तपुरको ५१ सदस्यीय जिल्ला कमिटी गठन

भक्तपुर I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट अखिल नेपाल महिला संघ (समाजवादी) भक्तपुर जिल्लाको प्रथम जिल्ला भेला भब्य रुपमा सम्पन्न भएको छ । आज मध्यपुर थिमीको येचु पार्टी भेन्युमा सम्पन्न भएको भेलाले रितु चित्रकारको अध्यक्ष्यतामा ५१ सदस्यीय अखिल नेपाल महिला संघ (समाजवादी) भक्तपुर जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष्यमा शोभा श्रेष्ठ, कल्पना दाहाल, सचिवमा मञ्जु आचार्य , उपसचिवमा ज्योती लामिछाने चयन भएका छन्।

भेलाले जिल्लाको चार वटै नगरपालिकामा अखिल नेपाल महिला संघ (समाजवादी) को नगर कमिटी समेत गठन गरेको छ । जसमा भक्तपुर नगरको अध्यक्षमा उमाकुमारी श्रेष्ठ र सचिवमा कबिता चौगुठी, मध्यपुर नगरको अध्यक्षमा सुनिता रानाभाट र सचिवमा चन्द्र कला पौडेल, सूर्यविनायक नगरको अध्यक्षमा कल्पना केसी र सचिवमा कल्पना सुवाल, चाँगु नगरको अध्यक्षमा शान्ति खड्का र सचिवमा सुलोचना सुबेदी चयन भएका छन् ।

नेकपा एकीकृत समाजवदी भक्तपुरका महिला नेत्री रिता अवालको सभापतित्वमा सम्पन्न भेलालाई नेकपा एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य, वाग्मती प्रदेश कमिटीका अध्यक्ष एवं अखिल नेपाल महिला संघका उपाध्यक्ष सावित्रा भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उहाँले लालाई सम्बोधन गर्दै नेता भुषालले महिलाहरुको हक अधिकारका लागि पार्टीले आवश्यक कार्य गरिरहेको बताउदै सरोकारवाला सबै पक्षले महिलाहरुको हक अधिकार सुनिश्चित गर्न पहल गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य डा राजेन्द्रमान श्रेष्ठ, नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा भक्तपुर इन्चार्ज ध्रुबराज बिष्ट, केन्द्रिय सदस्य तथा भक्तपुर सह इन्चार्ज शुशिला सुबेदी, केन्द्रिय सदस्य तथा भक्तपुर सह इन्चार्ज भवानी खड्का, भक्तपुर जिल्ला अध्यक्ष श्याम बस्नेत लगायतले सम्बोधन गर्नु भएको थियो । अन्जना पोखरेल संचालन गरेको कार्यक्रममा कविता चापागाईंले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस