भक्तपुर इन्टरनेशनल हस्पिटलको प्रथम बार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । भक्तपुर इन्टरनेशनल हस्पिटलले तीन वर्ष भित्रमा सय शैयाको अस्पताल विस्तार गर्ने लक्ष्य राखेको छ । हस्पिटलको पहिलो साधारण सभामा अस्पतालका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले तीन वर्षमा अस्पताललाई एक सय शैयामा विस्तार गर्ने लक्ष्यका साथ आफूहरु जुटेको जानकारी दिएका हुन् ।
अस्पतालमा नै सम्पन्न भएको पहिलो साधारण सभामा उनले आफूहरु भक्तपुरमा उत्कृष्ठ अस्पतालको विकासमा जुटेको बताए । अस्पतालको पहिलो साधारण सभालाई सम्बोधन गर्दै मध्यपुर थिमी नगरपालिकाका मेयर मदन सुन्दर श्रेष्ठल छोटो समयमा यति सम्मको सेवा सुबिधा सम्पन्न अस्पताल सचालन गरेकोमा बधाई तथा आबश्यक साथ र सहयोगको लागि तयार भएको बताएका थिए ।
अरनिको राजमार्गमा उत्कृष्ठ अस्पतालहरुको खाँचो भएको बताउँदै अस्पतालले विभिन्न सेवाको विस्तारमा समेत जुटेको साधारण सभामा जानकारी दिईएको थियो । भक्तपुरमा नै सम्पूर्ण सेवा दिन सक्ने अस्पताल भए भक्तपुर लगाएत पूर्वी भेगका मानिस जामको मारमा काठमाडौं सम्म उपचारका लागि जानु नपर्ने भन्दै अस्पतालले मुटु , हाड जोनी तथा नसा रोग, हब बनाउन आफूहरु लागेको जानकारी दिएका थिए । यस्तै अस्पतालमा छिटै नै डाईलोसिस सेवा समेत विस्तार गरिने कार्यक्रममा जानकारी दिइएको थियो ।
तिन बर्ष भित्र आफ्नै जग्गा भवन सहितको १०० बेड क्षमताको अस्पताल बनाउने र मेडिकल कलेज सन्चालन गर्ने लक्ष्यका साथ आफूहरु जुटेको अस्पताले जनाएको छ । अनाथ असाहाय गरिब दुखिको लागि बिशेष छुट दिइदै आएकोमा यसको दायरा अझै बढाउदै सबैमा स्वास्थ्य पहुच पुर्याउन निःशुल्क सेवा पनि दिइदै आएको छ ।
कार्यक्रममा मध्यपुर थिमी नगरपालिका वडा नंम्वर ०३ का वडा अध्यक्ष प्रेम बहादुर कुटु ,नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका उपसभापति राकेश थापा, मध्यपुर ठिमि नपा स्वास्थ्य सयोजक तथा प्रशासन प्रमुख केशव सिलवाल लगाएतका अतिथिले अस्पतालको प्रगतिको कामना गरेका थिए ।