अनेरास्ववियूद्वारा कर्मचारीहरूलाई पीपीई तथा मास्क हस्तान्तरण

भक्तपुर। अनेरास्ववियू नेपाल इन्जिनियरिङ कलेज (नेइक) क्याम्पस कमिटीले क्याम्पसका कर्मचारीहरूलाई निजी सुरक्षा उपकरण (पीपीई) र मास्क बितरण गरेको छ ।
दुवाकोटस्थित नेपाल इन्जिनियरिङ कलेजमा नेकपा (एकीकृत समाजवादी) चाँगुनारायण नगर कमिटिका उपाध्यक्ष अन्जना पोख्रेलको संयोजनमा अनेरास्ववियूले ३० सेट सुरक्षा उपकरण सेट (पीपीइ) र मास्क कलेजमा सरसफाइसँग सम्बन्धित काम गर्ने कर्मचारीहरूको भूमिकालाई मध्यनजर गर्दै प्रोत्साहन स्वरूप बितरण गरिएको अनेरास्ववियू (नेइक) क्याम्पस कमिटीका अध्यक्ष अस्मित भट्टले जानकारी दिए।
संगठनले नेपाल इन्जिनियरिङ कलेज प्रशासनलाई सरसफाइ सँग सम्बन्धित कर्मचारीहरूका चासो राख्न र उनिहरुको हक, हित र अधिकारको संरक्षणका विषयमा गम्भिर हुन पनि आग्रह गरेको छ ।
कोरोना महामारीको संवेदनशील समयमा कर्मचारीहरूको स्वास्थ्यको उचित कदर तथा सेवा सुविधाको व्यवस्थापन गर्न जोडदार माग समेत गरेको छ ।
अनेरास्ववियूले क्याम्पसमा नव आगन्तुक बिध्यार्थीहरुको सहयोगकालागि गत २४ गते देखि सहायता कक्ष (हेल्प डेस्क ) समेत संचालन गरि रहेको छ।