एमालेमा सहमतिको बिन्दु पहिल्याउने प्रयास
औपचारिक तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिकोबिन्दु पहिल्याउने प्रयास

नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखापरेको विवाद केही मत्थर जस्तो देखिए पनि सहमतिको खाका तय हुन सके को छैन । केही दिनयता दुवै पक्षका नेताहरू थप सक्रियता साथ औपचारिक तथा अनौपचारि कछलफलमा जुट्दै सहमतिकोबिन्दु पहिल्याउने प्रयास भइरहेको छ ।
नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पार्टीभित्रको विवाद समाधानका लागि औपचारिक तथा अनौपचारि करूपमा निरन्तर छलफल भइरहेको तरसहमतिको खास बिन्दुको टुङ्गो लागिनसकेको बताए । उनले पार्टीभित्रको समस्या समाधानका लागि दोस्रो पुस्ताका नेताहरूले निरन्तर लिएको पहल सकारात्मक रहेको र केही दिनमा सहमतिसाथ थायी कमिटी बैठक बस्नसक्ने बताए ।
केही सञ्चार माध्यममा असार २ गते दुवै पक्षको सहभागितामा स्थायी कमिटीको बैठक बस्ने भनिए पनि त्यस्तो सम्भावना अहिले नरहेको प्रवक्ता ज्ञवालीले बताए ।
प्रदेश १, बागमती, कर्णालीलगायत प्रदेश सरकारमा निर्माण भएको सहमतिको वातावरणले पनि एमाले एकताका लागि वातावरण तयार पारेको धारणा उनको छ । यो समाचार गोरखपात्र दैनिकमा छ ।