साहित्य-मनाेरञ्जन

निराञ्जलीको लिपिष्टिक लगाको ओठलाई राजसागरले जाली देखेपछि

भक्तपुर ।गजलमा प्रहर, बरिष्ठ गजलकार तथा कवि डाक्टर देबि नेपालको भनाई सापट लिने हो भने बिकास प्रहर अत्यन्त सशक्त गजलकार हुन्।

उनका एउटा गजल पढिसक्दा वा सुनिसक्दा पाठक वा श्रोताका मस्तिष्कमा एउटा स्थायी बिम्ब निर्माण हुन्छ र हृदयमा उत्पन्न तरङ्गले लामो समय सम्म अनौठो प्रभाब पारिरहन्छ।

यहिनै उनका गजलको शक्ति हो। साँच्चै उनका गजल सुन्नेले पनि बिकास प्रहर आफ्नोलागि हैन हाम्रोलागि हाम्रै कथा लेखी रहन्छ भन्छन्। प्रहर गजलमा जीवन्त भाव राख्नमा खप्पिस देखिन्छन्।

गजललाई सांगीतिक रुपमा अगाडि लैजानु पर्छ भन्ने एक अभियान्ता पनि हुन।गजल संस्था अनाममण्डलीमा आबद्ध भएर अन्तर्राष्ट्रिय गजल महोत्सब,राष्ट्रिय गजल महोत्सब,भक्तपुर गजल महोत्सब गरिसकेका छन् भने गजल गायक तथा संगीतकार राज सागर सँग मिलेर चार वटा गजल साँझ गरिसकेका छन्।

प्रहरका गजलहरू सांगीतिक रुपमा बजारमा आइसकेका छन्। उनको सांगीतिक गजल बहुलाएँ म ले निकै चर्चा कमाएको थियो। अहिले फेरि सांगीतिक गजल रक्तलाली म्युजिक भिडियो सहित बजारमा लिएर आएका छन्।

उनको श्रृङ्गारिक गजलमा आदर्श प्रेमलाई महत्वाकाङ्क्षी मानसिकताले बद्नाम गराउने र स्वार्थमा हुर्किने जुनसुकै सम्बन्ध स्थिर रहन नसक्ने स्पष्ट दृष्टिकोण रहेको छ। रक्तलाली गजललाई संगीत दिएका छन् राज सागरले र गायन पनि उनैको रहेको छ। राज सागर गजल गायनको बिकास र बिस्तारमा लागि परेका एक अभियान्ता हुन्।

उनको चर्चा गजलफाँटमा निकै चलेको छ। संगीत संयोजन राजन इसानले गरेका छन्। म्युजिक भिडियोलाई निर्देशन पासाङ योञ्जन लामाले गरेका हुन्। म्युजिक भिडियोको छायाङ्कन अमृत सुनुवारले गरेका छन् भने सम्पादन सुशील न्यौपानेले गरेका हुन्।
भिडियोमा अहिले चर्चाको शिखरमा रहेकि मोडल निराञ्जली लामाले अभिनय गरेकी छन्। बाल कलाकारका रुपमा बिकास प्रहरकी छोरी निस्कृति थापालाई देख्न सकिन्छ। म्युजिक भिडियोलाई निर्माण गरेकी छन् बिनिता पाण्डेले।

भिडियो हाइलाट्स को च्यानलमा अपलोड गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *