काठमाडौं । सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा पलाएको अहंकार अहिलेको प्रमुख समस्या भएको बताएका छन्।नेकपा विवाद उत्कर्षमा पुगेका बेला वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको ‘सामन्ती चिन्तन’ समस्याका रुपमा रहेको बताए।
पार्टी बैठक बोलाउन, छलफल गर्नका लागि पटक पटक आग्रह गर्दा समेत आफू लगायत पूर्व प्रधानमन्त्री भइसकेका नेकपाका कुनै नेतालाई नटेरेको नेता नेपालको गुनासो छ।।
भजनमण्डली र गुटका कार्यकर्ताले जस्तै ‘बा’ भनेको, प्रशंसा गरेको मात्रै सुन्न रुचाउँने ओलीको स्वभाव रहेको नेता नेपालको टिप्पणी छ।
प्रधानमन्त्री ओलीले अहिले प्रचण्डको राजनीतिक प्रस्ताव फिर्ता गराउन आफू र वामदेव गौतमलाई फकाउने प्रयाश गरेको समेत नेता नेपालले बताएका छन्।