सिन्धुपाल्चोक, २५ फागुन। चौतारा साँगाचोकगगढी नगरपालिका -९ कदमबासकाे लामाचौर क्षेत्रमा स्थानीयको सक्रियतामा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्न उद्देश्यले व्यावसायिक रूपमा प्याराग्लाइडिङको उडान सुरु गरिएको छ ।
केही दिनअघिको परीक्षण सफल भएपछि व्यावसायिक रूपमा शनिबारबाट उडान सुरु गरिएको हो ।
कदमबास लामाचौरका स्थानीयको सक्रियतामा लामाचौर प्याराग्लाइडिङ तथा हृयाङग्लाइडिङ संघ गठन गरेर प्याराग्लाइडिङको शनिबारदेखि औपचारिक रुपमा सुरु गरिएको हाे ।
स्थानीयबासीले २ हजारदेखि ५० हजार सम्म चन्दा संकलन गरेर प्याराग्लाइडिङको सुरुवात गरेका हुन।
यससँगै लामाचौर प्याराग्लाइडिङ सुरु गर्ने जिल्लाकै दोस्रो स्थान बनेकाे छ । भोटेचौरमा यसअघिदेखि नै प्याराग्लाइडिङ सुरुआत गरिएको थियो ।