समाचार

भक्तपुरको घलातेमा स्कूटर दुर्घटनाः चालकको मृत्यु, एक घाइते

भक्तपुरः भक्तपुरमा आज बिहान स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा स्कूटर चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भई हाल सूर्यविनायक बस्ने २६ वर्षीय रन्जीब लामा रहेको प्रहरीले जनाएको छ ।

सूर्यविनायक नगरपालिका ६ घलातेमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ९५ प ३३१८ नम्बरको स्कुटर अनियन्त्रित भई बारमा ठोक्किँदा लामाको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएका रामेछाप सुनापती ४ घर भई हाल भक्तपुर पाण्डुबजार बस्ने पासाङ तामाङको मध्यपुरठिमी अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *