कृषि

प्रतापपुरमा पशु स्वास्थ्य शिविर सम्पन्न

अंगद यादव/नवलपरासी पश्चिम।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा पशुसेवा शाखाको आयोजनामा शनिबार एक दिने निशुल्क पशु स्वास्थ सेवा शिविर सम्पन्न भएको छ ।

गाउँपालिकाको वडा नम्बर ६ र ८ को केवलपुर रेतामा भएको शिविरमा कुल १ सय ५० घरधुरीका पशुपालक किसानहरु लाभान्वित भएको शाखा प्रमुख चन्द्रमाया फुजाँलीले जानकारी दिनुभयो । शिविरमा ७ सय ५० बोका, बाख्रा र खसीको स्वास्थ परिक्षण गरिएको उहाँले बताउनुभयो ।

शिविरमा २ हजार ४ सय ५० भैंसी,पाडा, पाडी, गोरु, गाई , बाछा र बाछी गरि ठूलो चौपायाको स्वास्थ परिक्षण संगै अौषधी वितरण समेत गरिएको थियो ।

२५ पशु चौपाय बन्ध्याकरण गरिएको शाखा प्रमुख फुजाँलीले जानकारी दिनुभयो ।

उक्त पशु स्वास्थ्य शिविरमा वडा नम्बर ६ र ८ का वडा अध्यक्ष रामहरि उपाध्याय, कादिर अलि अन्सारी, शाखा प्रमुख चन्द्रमाया फुजाँली, स्थानिय पत्रकार समाजसेवी लगायतको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *