Main News राजनीति

जनतालाई पानी नदिने प्रधानमन्त्रीले पानी जहाजको सपना बाँड्दै हिँडेका छन् : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले जनतालाई पानी नदिएर पानी जहाजको सपना देखाउन थालेको आरोप लगाएका छन्। नेता पौडेलले तराई मधेसलाई पानी चाहिए पनि प्रधानमन्त्री ओलीले पानी जहाजमा मात्र जोड दिएर मधेसी जनताको उपहास गरेको बताए ।

नेपाली कांग्रेस सर्लाहीले आइतबार मलंगवामा आयोजना गरेको आमसभामा बोल्दै नेता पौडेलले भने यस्तो आरोप लगाएका हुन् ।

‘मधेसका जनतालाई खान र सिँचाइका लागि पानी चाहिएको छ,’ नेता पौडेलले व्यंग्य गरे, ‘तर वर्तमान प्रधानमन्त्री केपी ओलीलाई मात्र पानी जहाज चाहिएको छ ।’

पौडेलले कांग्रेस र मधेशको सम्बन्ध प्रगढ रहेको उल्लेख गर्दै आफूले मधेशमा सक्दो सहयोगसमेत गरेको स्मरण गरे। भने, ‘मधेशप्रति कांग्रेस अनुदार भयो भन्नेहरु छन्। मलाई याद छ। म मन्त्री भएको बेलामा लाखौ मेट्रिकटन खाद्यन्न लिएर मधेश आएको थिएँ।’

मधेशवासीको सुख दुखकमा साथ दिनका मधेशका जिल्लाहरुमा आइपुगेको उल्लेख गर्दै उनले कांग्रेस विकासमासमेत अघि रहेको दाबी गरे।

पछिल्लो समय पार्टीभित्र गुट नरहेको बताउँदै एकता सन्देश लिएर मधेश यात्रामा निस्केको बताए।  ‘पार्टीभित्रको एकताको सन्देश लिएर म मधेश आएको हुँ। पार्टीमात्र होइन मधेश र पहाडको एकतालाई बलियो बनाउनका लागि म मधेश आएको हुँ।’ पौडेलले भने।

मधेसको उर्वर भूमिका लागि सिंचाईको व्यवस्था गर्न सुनकोशी डाईभर्सनलगायत कामलाई तिब्र गतिमा अगाडी बढाउनुको सट्टा प्रधानमन्त्री केपी ओली पानी जहाजमै रुमल्लिएको देख्दा आफू आश्चर्यचकित बनेको पौडेलले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *