Main News राजनीति

चन्दा उठाउन पाउनु पर्छ : नेकपा

काठमाडौं,३० फागुन। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चन्दा उठाउन पाउनु पर्ने  दाबी गरेको छ ।

सरकारको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लव समूहले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको दाबी गरेको हो ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हिंसा र चन्दा आतंक बढाएको तर्क गर्दै विप्लव नेतृत्वको समूहमाथि  प्रतिबन्धको निर्णय गरेको थियो ।

तर, विप्लव समूहले राष्ट्र र जनताका लागि लडेकाले चन्दा उठाउनुलाई आफ्नो नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ ।

सरकारले आफ्नो संगठनप्रति भ्रम सिर्जना गराएको भन्दै उसले दिग्भ्रमित नहुन र सहयोगलाई निरन्तरता दिन पनि सबैलाई अपिल गरेको छ ।

यस्ताे छ विज्ञप्ती:

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *