समाचार

कानून इमान्दारीका साथ पालना गर्नुपर्दछ : रक्षामन्त्री पोखरेल

विराटनगर, २४ फागुन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्दोलन गर्छु भन्ने राष्ट्रिय जनता पार्टीको भनाइ उचित नभएको भन्दै कानून सबैले इमान्दारीका साथ पालना गर्नुपर्ने बताएका छन ।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै तीन वटै तहका सरकारको अधिकार संविधानले सुनिश्चित गरिसकेको र सरकारले आफ्नो अधिकारलाई कार्यान्वयन गर्न कानून निर्माण गरिरहेको बताएका हुन ।

मन्त्री पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताउदै अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिए ।

विशुद्ध एवं व्यावसायिक नेपाली सेनामा राजनीतिक हस्तक्षेप कहिलै नहुने र आपराधिक गतिविधि गर्नेलाई सरकारले नियन्त्रण गर्ने  बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *